अवसर गुम्ला है! यसै महिनाभित्र यी १० वाणिज्य बैंक लाभांश पारित गर्दैछन्

    १४ पुष २०७९, बिहीबार १७:१७  मा प्रकाशित
55 जनाले पढ़िसके



काठमाडौं

हाल देशभर संचालनमा रहेका २५ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । कृषि विकास बाहेक सबै बैंकहरुले लाभांश घोषणा गरेका हुन् ।







गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका १० वटा बैंकहरुले भने साधारण सभाबाट पारित गरिसकेका छन् ।

एभरेष्ट बैंक, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, एनसीसी, सानिमा, सिटिजन्स, नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपालले वार्षिक साधारण सभाबाट लाभांश पारित गरेका हुन् ।

लाभांश पारित गर्न अब ११ वटा बैंकरहेका छन् । यही मसान्तसभित्र साधारण सभा सम्पन्न गर्ने गरी मिति तय गरेका छन् । अब नबिल बैंक, एनएमबि बैंक, प्रभु बैंक, हिमालयन, सिभिल, सिद्धार्थ बैंक, नेपाल बैंक, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित गर्न बाँकी छ ।

नबिल बैंक

नबिल बैंकले गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बनेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सो प्रस्ताव पारितका लागि बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकले सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंक

एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आफ्ना सेयरधनीलाई यस वर्ष बोनस सेयर नदिने भएको हो । लाभांश पारितका लागि बैंकले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंक पुस ११ गते बुक क्लोज गरिसकेको छ ।

प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न बैंकले पुस १८ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/ ७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात् बोनस सेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको छ । बैंकले सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि बैंकले पुस २८ गते साधारण सभा बोलाएको छ। सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारितका लागि बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा पुस १७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल बैंक

नेपाल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सो प्रस्ताव पारितका लागि बैंकले पुुस २९ गते साधारण सभा बोलाएको छ। सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने भएको हो ।

पाल एसबिआई

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारितका लागि बैंकले पुस २५ गते साधारण सभा बोलाएको छ । सो प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ ।

प्राइम कमर्सियल

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्नेछ । सो प्रस्ताव पारितका लागि बैंकले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंक पुस १४ गते बुक क्लोज गर्ने भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । सो प्रस्ताव पारितका लागि बैंकले पुस १४ गते साधारण सभा बोलाएको छ। बैंकले बुक क्लोज भने पुस ४ गते गरेको छ ।

सिभिल बैंक

सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५. प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांस वितरण गर्ने भएको हो । सो प्रस्ताव पारितका लागि बैंक पुस २८ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएको छ। अर्थपथले लेखेकाे छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस