स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको निधन

    २७ पुष २०७९, बुधबार १३:१८  मा प्रकाशित
75 जनाले पढ़िसके



गैंडाकोट नगरपालिका–१२ सुन्दरी चोक मठकुरी सालघारीस्थित सडकमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको ज्यान गएको छ। सुर्योदय बोर्डिङ स्कुलको ग.१ क २७५७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने,

राजु चुनी मगरको ३ वर्षीया छोरी साइरा चुनीमगरको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।







यो पनि: कृष्णपुरका विद्यालय चार दिन बन्द रहने, कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो ।

नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

सूचनामा बिदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त क्रियाकलाप संचालन गर्न सकिने उल्लेख छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस