रत्नपार्कमा छ यौ’नकर्मीको तमासा

    २७ पुष २०७९, बुधबार १५:३१  मा प्रकाशित
171 जनाले पढ़िसके



राजधानीको मुटु रत्नपार्क । यहाँ उत्तिकै भीड हुन्छ । यही भीडमा केही युवाहरु सधै उभिएका देखिन्छन् । बारमा छोटा कपडा लगाएका युवतीहरु पनि कसैलाई पर्खिरहे झैं उभिएका देखिन्छन् ।

रत्नपार्कमा यी उभिने र पर्खिनेहरु यौ’नकर्मी हुन् । यहाँ निर्वाध रुपमा यौ’नकर्म भइरहे पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । यहाँ उभिने यौ’नकर्मीहरु संगै उभिएका पुरुषलाई ‘जाने हो’ भनेर मोलमोलाई सुरु गर्छन् । १ हजारदेखि १ हजार २ सयसम्म मोल टुंगो लाग्छ । अनि महिला अघिअघि पुरुष पछि पछि लागेर विद्युत् प्राधिकरणको भवन पछाडिको गेष्ट हाउस पुग्छन् ।







यहाँ दुई वटा गेष्ट हाउसमा यौ’नकर्मीहरुलाई कोठा दिइन्छ । १ घण्टाका लागि भनेर लगिएका ग्राहकहरु १० मिनेटमै फर्कछन् । यी दुवै गेष्टहाउसको काउण्टरमा महिला बसेका देखिन्छन् ।

तर यहाँ बेला बेलामा प्रहरी गाडी लिएर लखेट्न आउछ । प्रहरीले सिटी बजाउदै यौ’नकर्मीहरुलाई धपाउछ पनि । यौ’नकर्मीहरु भाग्छन् । प्रहरी बाटो लागेपछि फेरी उनीहरुको धन्दा सुरु हुन्छ ।

बेला बेलामा प्रहरीले गाडीबाट ओर्लेर यौ’नकर्मीहरु लखेट्ने पनि गरेको छ । उभिएका पुरुषहरु पनि भाग्छन् । उभिएको अवस्थामा भेटिए उनीहरुलाई प्रहरी थर्काएर पठाउछ । तर यौ’नकर्मीहरुको रजगज रोकिएको छैन ।

मलुकुी अपराध संहिता, २०७४ ले यसरी यौ’न धन्दा गर्न बन्देज लगाएको छ । तर कानून विपरित निर्वाध रुपमा यौ’नकर्मीहरुको रजगज जारी छ ।रत्नपार्कमा भेटिएकी यौ’नकर्मीले रत्नपार्कमा बसेर यौ’नकर्म गर्ने युवतीहरुलाई कोठा दिने गेष्टहाउसले प्रहरीसँग मिलेमतो गरेर कोठी चलाइरहेको आरोप लगाइन् ।

उनले भनिन्,‘गोष्टहाउसवालाले पैसा खुवाएको हुन्छ । हामीलाई रत्नपार्कबाट लखेट्ने मात्रै हो । गेष्टहाउस पुगेपछि प्रहरीले पक्राउ गर्दैन ।’ काठमाडौं महानगरले आफ्नै आँगनअगाडि यौ’नकर्मीहरुले यौ’नलीला गरिरहे पनि मौन बसेको छ ।

मलुकुी अपराध संहिता, २०७४ को दफा १ सय २० मा वे’श्याबृत्ति वा वे’श्यागमनका लागि घर, जग्गा प्रयोग गर्न नहुने उल्येख छ । यदि कसैले वे’श्यावृत्ती वा वे’श्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन प्रयोग गर्न दिए मुलुकी अपराध संहिता २०७४को (२) उपदफा (१) बमोजिम छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरीबाना वा दवुै सजाय हुने उल्येख छ । merosathi.tv

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस